सुनसरी / दुई साता देखी आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काममा फर्किएका छन् ।सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने लगायत दुई पक्षीय सहमतिपछि प्रतिष्ठानमा जारी आन्दोलन स्थगित गरी उनीहरू काममा फर्किएका हुन ।प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबिच भएको तीन बुँदे सहमतिपछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कार लगायतका आन्दोलन स्थगित गरेका हुन् । सहमतिसँगै उनीहरूले परीक्षा शाखामा लगाएको ताला पनि खोलेका छन् । ६ वर्षदेखि १८ वर्षसम्म वृत्ति विकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोल
इटहरी : अखिल नेपाल महिला सङ्घ, कोसी प्रदेश समितिको महिला विभागले इटहरी लायन्स क्लबको सभाकक्षमा विचार गोष्ठीसहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।विभागकी अध्यक्ष तुलसा धितालको अध्यक्षतामा सम्पन्न कार्यकम्रकी प्रमुख अतिथि विभागकी केन्द्रीय स्थायी समिति सदस्य विष्णुसुधा खड्का रहेकी थिइन् । उनले तीजजस्ता चाडपर्वलाई रामरमितोसहित जागृति तथा चेतनामूलक रचनात्मक काम गरेर मनाउनुपर्ने बताइन् ।किसान सङ्घ प्रदेश अध्यक्ष तथा विशेष अतिथि दुर्गा थापाले कृषि क्रान्तिको औचित्यसहित वैचारिक प्रशिक्षण दिएका थिए ।विशेष अतिथि मदन भण्डारी फाउण्डेन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले २०१०, ०११ सालदेखि किसान हकहितका सवालमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो ।एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ स
सुनसरी / जेष्ठ नागरिक समाज नेपाल इटहरी शाखालाई इटहरी उपमहानगरपालिकाले नयाँ भवन बनाइदिएको छ । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगरपालिका परिसरमा बनेको सो भवन समाजलाई हस्तान्तरण गरेका छन् । मेचीकाली पोखरीको पूर्वी डिलमा ज्येष्ठ नागरिक चौतारीका नामबाट भेटघाट थलोका रूपमा प्रयोग हुँदै आएको स्थानमा नगरपालिकाले १६ लाख रुपियाँको लागतमा भवन बनाइदिएको हो ।भवन उद्घाटन समारोहमा ज्येष्ठ नागरिक कृष्णप्रसाद लुइँटेलद्वारा सङ्कलित नेपाली उखान–टुक्का सङ्ग्रह नामक पुस्तक लोकार्पण गरिएको थियो । नगरप्रमुख पौडेल, ६ नम्बरका वडाध्यक्ष दिवस पोखरेल, इटहरीका अग्रज शैक्षिक व्यक्तित्वहरू लेखनाथ घिमिरे, बद्
इटहरी / इटहरी उपमहानगरपालिकाले सोमबारदेखि निःशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ ।नगर प्रमुखको रूपमा निर्वाचित भएसङै हेमकर्ण पौडेलले घोषणा गरेको घर देखि घाट सम्मको योजना अन्तर्गत शब बाहन सुरु गरेको हो । इटहरीको जनतालाई निः शुल्क रुपमा सेवा दिने उदेश्यले इटहरी क्षेत्र भर निः शुल्क रुपमा एम्बुलेन्स र शब बाहन सुरु गरेको हो ।एम्बुलेन्स र शब बाहान सन्चालन कार्यबिधि बनाइ सोमबारदेखि लागु हुने गरि निसुल्क सेवा सुरु गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निः शुल्क संयुक्त रुपमा एम्बुलेन्स सञ्चा
सुनसरी / ५९ औं राष्ट्रिय बाल दिवस नगर बाल सञ्चाल इटहरीद्वारा उद्घाटन तथा सांस्कृतिक नित्य कार्यक्रम गरि उद्घाटन गरेको छ ।इटहरी ६ स्थित जनता माध्यमिक विद्यालयमा ५९ औं राष्ट्रिय बाल दिवस नगर बाल सञ्चाल इटहरीले उद्घाटन तथा सांस्कृतिक नित्य कार्यक्रम गरि उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रम सकेर जनता माध्यमिक विद्यालयले सांस्कृतिक तथा कविता प्रतियोगिता समेत आयोजना गरेको थियोे ।इटहरी उपमहानगरपालिकाले कार्यक्रमलाई सहयोग गरेको थियोे । बाल दिवस कार्यक्रम २९ गते सम्म निरन्तर चलिरहेने र सोही दिन समाप्त हुने नगर बाल सञ्चाल इटहरीका अध्यक्ष सविन तिम्सिनाले बताए ।कार्यक्रममा प्रमुख अथिति इटहरी उपमहानगरपालिका
इटहरी / अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिको आयोजनामा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयका विपन्न तथा जेहन्दार पाँच जना छात्रालाई आर्थिक सहयोग गरेको छ ।अखिल नेपाल महिला संघ नेकपा एमालेको भाद भातृ संगठनले हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत कल्पना खड्का ,अनिशा चौधरी , ईन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार आर्थिक सहयोग गरेको छ । अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे ।पछिल
काठमाण्डौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, प्रशिक्षण विभागले २०८० भदौ २४–२६, काठमाण्डौँमा आयोजना गरेको ‘गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन’ अभिभावक अधिकार विषयक प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कार्यकारी निर्देशक डा. गणेश पौडेल र शिक्षा नीति तथा अभ्यास केन्द्रका निर्देशक टीका भट्टराईले आजको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्नुभयो । म मेरो विद्यालय कस्तो बनाउन चाहन्छु ? यो मूल प्रश्नको उत्तर मूलतः विव्यसले नखोजेसम्म विद्यालय नबन्ने दाबी
सुनसरी / सुनसरी मोरङ जिल्लाका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले लुटेराहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्रउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा मोरङ बुढीगंगाका रिजवान मिया, दुहबीका नसुदिन मिया, अलिम मुर्र्तुजा, भारतका मोहम्मद आलम, बुढीगंगाका नजरुल मिया र सिजाम आलम रहेका छन । उनीहरुको साथबाट प्रहरी संग लुटेको एक थान चाइनिज पेस्तोल, एक थान कटुवा पेस्तोल, रड,
सुनसरी / नेपाली काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति सुनसरी २ (क) को आयोजनामा विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा वकतृत्वकला प्रतियोगिता तथा विपी सप्ताह समापन भएको छ ।नेपाली काङ्ग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति सुनसरी २ (क) को आयोजनामा वकतृत्वकला प्रतियोगितामा " कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को युगमा बीपीको समाजबादको महत्वको विषयमा जतना बहुमुखी , क्याम्पस , इटहरी नमुना कजेल , सुस्समा गोदावरी कजेल इटहरी , विश्व आर्दश इटहरी ,कस्तुरी एकेडेमी कलेज इटहरी ,सिबि कलेज इटहरी लगाएतका विद्यार्थीहरूले आ-आफ्नो वकतृत्वकला प्रस्तुत गरेका थिए ।जसमा कस्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.