इटहरी / अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिको आयोजनामा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयका विपन्न तथा जेहन्दार पाँच जना छात्रालाई आर्थिक सहयोग गरेको छ ।


अखिल नेपाल महिला संघ नेकपा एमालेको भाद भातृ संगठनले हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत कल्पना खड्का ,अनिशा चौधरी , ईन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार आर्थिक सहयोग गरेको छ । 


अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे ।


पछिल्लो समय तिज विकृति बढ्दै गएको हुँदा  परिष्कृत बनाउन महिलाद्वारा महिलालाई  तिजको अवसरमा यस विद्यालयका पाँच जना छात्रा विपन्न, जेहन्दार छात्राहरूलाई सम्मान गरि आर्थिक सहयोग गरिएको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य रूकमिणि कोइरालाले बताइन् ।


कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला सदस्य गंगा कुमारी गुरुङ, भिमा कुमारी दुम्वाहाम्फे , धनमाया श्रेष्ठ , इटहरी २ नम्बर वडाका जनप्रतिनिधि दुर्गा बहादुर खत्री , नेकपा एमाले २ नम्बर वडा कमिटीका अध्यक्ष लोचन पौडेल , महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्याप मेदन कुमार घिमिरे ,नेकपा एमाले २ नम्बर वडा कमिटीका उपसचिव धनु थापा , विद्यालयका विद्यार्थी , शिक्षक लगाएतको उपस्थिति रहेको थियोे ।IMG_20230911_085417IMG_20230911_085255