काठमाडाैं / चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्
इटहरी । सामाजिक तथा राजनैतिक व्यक्तित्व उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एक एम्वुलेन्स उपलव्ध गराएका छन । इटहरी तथा आसपासका क्षेत्रमा सामाजिक गतिविधिका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पौडेलले माता पाथिभरा लिला सेवा फाउण्डेशनको तर्फ नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स उपलव्ध गराएका हुन । माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल उनका छोरा विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स उपलव्ध गराए ।&nb
इटहरी । राष्ट्रिय युवा संघ सुनसरीले विभिन्न सामाजिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीले इटहरीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इटहरी १६ पकलीस्थित जब्दी आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट १ सय ५० बढी स्थानीयबासीले सेवा लिएका छन् । शिविरमा स्त्री रोग विशेषाज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो अवसरमा दन्त रोग विशेषज्ञको सेवा लिनेहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस र मञ्जन समेत वितरण गरिएको छ । शिविरमा वीपी प्रतिष्ठान धरानका
इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक ५ वर्ष मुनीका वालवालिकाहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । होटल चिन्तन चौतारीमा आयोजित एक औपचारीक कार्यक्रममा परिक्षणबारे एक दिवसिय तालिमको आयोजना गराइएको हो । इटहरी ग्लोवल आँखा अस्पतालको आयोजना र इटहरी उपमहानगरको सहयोगमा सञ्चालित कार्यक्रममा नेपालकै पहिलो पटक इटहरीबाट बालबालिकाहरुको खोप संगै निःशुल्क आँखा परिक्षण हुने भएको छ । जन्मेको बालक वा बालिकामा पहिलो खोप लगाउन आउदा अनिवार्य आँखा परिक्ष्ण गराइने भएको हो । साना बालबालिकाको जन्मे देखीनै आँखाको समस्या हुन सक्ने र समस्या देखा परेमा उपचार हुने हुदा कोही पनी बालबालिकाहरुल
नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ। सोमबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले उक्त बीमा सम्झौतामा हस्ताक्षर गरेका छन्।यसअघि अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। यसवर्ष भने जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी स
इटहरी । यूटर्न इन्टरनेशनले शनिबार इटहरीमा स्वास्थ्य तथा सम्वृद्धि जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषिउत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यूटर्नले मौरीजन्य सामग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमै विभिन्न सामाग्री उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गर्नुभयो । पूर्व मन्त्रि विश्वकर्माले प्रत्यक्ष विक्रि प्रणालीबाट उपभोक्ताले सबैभन्दा बढी फाइदा लिनसक्ने पनि बताउनुभयो । उहाँले प्रत्यक्ष विक्रि प्रणालीबाट नेपाली उत्पादनल
धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।१५ गते देखि स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ ।प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई
इटहरी । ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ । सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।इटहरी उ
काठमान्डाैं / काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्। जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्
इटहरी । इटहरी अस्पतालको लागि डाक्टर माग्दै इटहरीकी उपमेयर लक्ष्मी गौतम यतिखेर काठमाडौस्थित स्वास्थ्य मन्त्रालय पुगेकी छिन् । १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने गरी भौतिक पुर्वाधार निर्माण भइरहँदा डाक्टरको अभाव भएपछि उनी काठमाडौ पुगेकी हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयमा उनले डाक्टरसहित ९ जना स्वास्थ्यकर्मी माग गरेको जानकारी दिएकी छिन् । दैनिक ८०० जनाभन्दा बढी मानिसको भीड लाग्न थालेपछि जनशक्ति अभाव भएको भन्दै उपमहानगरपालिकाको पत्र बोकेर मन्त्रालय पुगेकी हुन् । इटहरीमा सुविधासम्पन्न अस्पतालको लागि इटहरीवासीले समेत आवाज उठाउँदै आएका थिए । पछि उपमहानगरपालिका तातेपछि अहिले आधुनि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.