सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने। खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए।
संक्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो। भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा संकेत कुमार रिसालले अहिलेसम्म कोभिड संक्रमणको विरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए।

