लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ ।लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई यौन जोडिले ख्याल राख्नु गर
भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा
हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।धेरै महिलाहरू एक जनासँग मात्र यौन सम्पर्क राख्दा यौनरोग लाग्न सक्दैन भन्ने सोचाइ राख्छन् । महिलाले यस्तो सोचाई राख्नु हुँदै
सुन्दरहरैचा। बर्ड फ्लू देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई
काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई
काठमाडौं, सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंस
नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ।डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञकिशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने
यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ ?जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन्। तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ।यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ। के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ? विस्मयकारी मृत्
मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.