विराटनगर। काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको ज
विराटनगर । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।मुख्यमन्त्री अध्यक्ष हुने गरी समिति बनाउने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । समितिको सदस्यहरूमा विराटनगर महानगरपालिकाका प्रमुख, प्रदेश १ का प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने सचिव, मोरङका प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र जनपद प्रहरीतर्फका प्रदेश प्रमुखहरू रहनेछन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्
सुनसरी / दुहवि नेपाल सरकारले विधार्थिहरुको लागि देश भर कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । तर सुनसरीको दुहविमा कोठे खोप देखिएको छ । स्थानिय विधार्थिहरु दुई तिन घण्टा लाइनमा बस्ता समेत पालो नपाएको एका तिर समस्या छ भने अर्का तिर कोठे खोप सुरु देखिएको छ । स्थानिय विधार्थिहरु लाइनमा वस्दा समेत पालो नआएको गुनासो पोख्दा स्थानिय युवा भित्र गएर वुझदा कोठे खोप देखिएको जानकारि दिएका छन् । यस्को विरोध गर्दा स्थानिय युवा नेता रमेश थापा र स्वास्थ चौकि सोनापुरको हाकिमले स्थानिय विधालय सन विमको विधार्थि भनेर जानकारी दिए । तर स्थानिय युवाले उनिहरुलाइ कयौ पटक सोधे पनि केहि बोलेनन् । तर
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन् । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म पिसिआर विधिमार्फत गरिएको परीक्षणमा कूल ८ लाख ३८ हजार ३७५ जना र एन्टेजिन विधिबाट गरिएको परीक्षणमा ९८ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा २७८ जना संक्रमण मुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु
सुनसरी/ सुनसरीको इटहरीस्थित पूर्वलाईनमा रहेको बेदान्त हस्पिटलले अप्रेशन सेवा बिस्तार गरेसँगै सेवाग्राहीको संख्यामा उल्लेख्य बृद्दि भएको छ। बेदान्तमा माइनर तथा मेजर अपरेसन शुरु गरेपछी शल्यक्रियाका लागि बिरामीहरु बढेका हुन्।बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.रोविन श्रेष्ठ र डा.धिराज सिंहसहित टिम र बरिष्ठ सर्जरी बिशेषज्ञमा डा.रबि सिंह र डा.सुमित अग्रवालले अप्रेसन सेवा प्रदान गर्न शुरु गरेको बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक ईन्द्र श्रेष्ठ जानकारी दिएका छन्।प्रबन्ध निर्देशक श्रेष्ठले बरिष्ठ हाडजोर्नी तथा नशा रोग सम्बन्धि बिशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाँचिएको हड्डिह
काठमाडौं । बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरु कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो । कहिलेकाही यस्तो समस्या विभिन्न रोगको संकेत हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेटको समस्या हुने गर्छ । आखिर बालबालिकामा पेटको समस्या किन हुन्छ ? यहाँ केही कारण दिइएको छ ।आन्द्राको समस्याबालबालिकामा आन्द्रा सम्बन्धि समस्या भएमा पेट दुख्ने गर्छ । त्यस्तै, ‘इरिटेबल बाउल सिन्ड्रोम’ भएमा उनीहरुमा कब्जियतको समस्या हुन्छ, जसले गर्दा पेटमा पिडा हुने गर्छ ।संक्रमणविभिन्न खाले बैक
सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि, कुनै पनि महिलामा पछिल्लोपटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी अवस्थाको संज्ञा दिइन्छ ।महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । महिनावारी शुरु भएको एक–दुई वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ । नियमित महिनावारी
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ को बाँसबारी चोकमा लायन्स क्लब अफ बाँसबारीको अगुवाईमा,लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सलकपुर, लायन्स क्लब अफ इटहरी बुद्ध, लायन्स क्लब अफ मोरङ र लायन्स क्लब अफ इटहरी कर्पोरेटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सपन्न गरेको छ।'रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले लायन्सले यस किसिमको कार्यक्रम हरेक बर्ष गर्दै आइरहेको र यसपाली लायन्स क्लब इन्टरनेशनलका फाउन्डर मेलबिन जोन्सको १४३औं जन्मोत्सवको अवसर पारेर सप्ताहव्यापी सर्भिस कार्यक्रम गरेकोमा
मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले वडाका विपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाले दलित समुदायलाई लक्षित गरि छुट्याएको बजेटबाट वडामा रहेका दलित समुदायमध्ये १२ वटा विपन्न परिवार छनौट गरि स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष भूमबहादुर सूर्यमगरले जानकारी दिनुभयो । दलित लक्षित समूह लेटाङ ५ सँगको सहकार्यमा दलित समुदायमध्येबाट विपन्न परिवार छनौट गरि १२ परिवारलाई स्वास्थ्य विमा गरिएको दलित लक्षित समूहका अध्यक्ष टीकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएपनि त्यसवापत तिर्नुपर्ने रकम समेत तिर्न नसकेर सेवाबाट बञ्चित हुन पुगेका विपन्न दलित
इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.