काठमाडौं मेडिकल कलेजका सञ्चालक डा .सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताए छन्  । सिंहदरबारबाट बाहिरिएपछि टेलिफोनमा कुराकानी गर्दै  शर्माले भने – मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा  बसेका गुण्डाहरू   ‘मोसो दल्ने प्रयास गर्दै थिए,हाम्रा भाइहरूले   उल्टै ठीक पारेर पठाइदिए।’ उन्ले  सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताए  । ‘ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र ? यस्ताको के हिसाब भयो र ?’, उनले  प्रश्न गरे  । ‘अनेरास्ववियुनिकट भन्ने सुनेको छु तर कुन अनेरास्ववियु हो पत्ता लागेको छैन।’डाक्टर शर्माले यस्ता घटनाले नेपालकाे मेडिकल क्षेत्र झनै असुरक्षित हुँदै गएको बताए  ।