विदेश

    Showing ३१-४० of ६६ items.
  • कम्बोडिया आगलागीमा परेका निराकारको शव आज राति नेपाल ल्याइने

    काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार (आज) राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ । निराकारका बुवा अग्नि पा

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १९३ पटक पढिएको
  • चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

    चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखि

    • प्रकाशित मितिः माघ २, २०७९
    • १९९ पटक पढिएको
  • विश्वकप फुटबल: क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

    कतार  / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो । जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १८९ पटक पढिएको
  • राजनीति सुरू गरेको ७ वर्षमै बेलायत प्रधानमन्त्री हुन लागेका ऋषि

    संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • २०५ पटक पढिएको
  • युवाहरूलाई धेरै रक्सी पिउन जापान सरकारको अनुरोध !

    धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।एजेन्सीक

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २५५ पटक पढिएको
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु

    मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो ।              लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बच्न सफल भएका छन् ।           दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण भने नखुलेको जनाएको छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २३२ पटक पढिएको
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ समुद्री सेनाको मृत्यु

    मेक्सिको :  मेक्सिकोको सिनालोआमा शनिबार हेलिकप्टर दुर्घटना भएको छ । सो हेलिकप्टर दुर्घटनामा १४ जना सेनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मेक्सिकोको नौसेना(समुद्री सेना)को  हेलिकप्टर 'ब्ल्याक हक'  दुर्घटनाको कारण भने खुलेको छैन । सेनाको हेलिकप्टरमा १५ जना सवार थिए । जसमध्ये १४ जनाको दुर्घटनामा नै ज्यान गएको छ ।  उद्धारकर्मीले घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा लगेर उपचार गराइरहेको बताएका छन्।    स्थानीय सञ्चारमाध्यमले नौसेनालाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए। 

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २०३ पटक पढिएको
  • उत्तर कोरियामा कोरोना भेटिएपछि देशभरि लकडाउन घोषणा

    एजेन्सी । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन। उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो। कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोन

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २१७ पटक पढिएको
  • केरला सरकारले २० लाख परिवारलाई निःशुल्क इन्टरनेट दिने

    भारतको केरला सरकारले गरिबीको रेखामुनि रहेका २० लाख परिवारलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ । सरकारले विधानसभा निर्वाचन क्षेत्रका आधारमा पहिलो चरणमा हरेक क्षेत्रका सय परिवारलाई यो इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको हो  ।यसको सुरुवात यही मे महिनाको अन्त्यबाट हुने जनाइएको छ । सन् २०१७ मा पिनाराई विजयन सरकारले ल्याएको यो कार्यक्रम हालको सरकारले कार्यान्वयनमा ल्याउन लागेको हो । केरला अप्टिकल फाइबर नेटवर्क नाम दिइएको यस परियोजनाका लागि इन्टरनेट सेवा प्रदायक (आईएसपी) छनोटको काम अघि बढिसकेको परियोजना प्रमुख सन्तोष बाबुले वताएका छन् ।उनका अनुसार यो परियोजना अन्तर्गत ३० हजार सरकारी निकायमा

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • १९९ पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकार

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • २०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]