दशगजा अतिक्रमण 

मोरङको सिमावर्ती दशगजा क्षेत्रमा भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले भौतिक संरचना बनाएको सुचना पछि मोरङका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुुगमन गरेको छ । सोमवार दरैया बस्ती नजिक दशगजा क्षेत्रको अनुगमन पछि भारतिय सशस्त्रवलले स्थापना गरेको चेकपोष्ट केही पर सारेको जिल्ला प्रशासनकार्यालय मोरङले जनाएको छ । भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले विराटनगर वडा नं. १६ दरैया बस्तीको दशगजा क्षेत्रमा चेकपोष्ट स्थापना गर्नुका साथै विराटनगरको मुख्य नाका जोगबनी नाकाको दशगजामा नै पाल टाँगेर उभिएर सुरक्षा चेक जाँच गर्दै आएको छ । अनुुगमन पछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भारतिय एसएसबीले बनाएको संरचनाबारे भारतिय समकक्षी संग कुरा गरिएको र यसबारे गृह मंत्रालयमा प्रतिवेदन पठाउने तयारी भईरहेको जानकारी दिनुभयो ।