४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।

आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।