इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रतियोगीता हुने

alt

इटहरी । स्नोकर खेल दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप प्रतियोगीता हुने भएको छ ।

 ब्रदर्श स्नोकर हाउसको आयोजनामा यही फागुन २१ गते देखि २८ गते सम्म खेल सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

   ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा स्नोकर एसोसिएसन प्रदेश नम्बर १का अध्यक्ष नारायण श्रेष्ठको प्रमुख अतिथ्यमा भएको पत्रकार सम्मेलनमा ६४जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने जानकारी गराइयो ।

 प्रतियोगितामा प्रमथ हुने खेलाडीले ३० हजार पुरस्कार शिल्ड प्रमाण पत्र , दोस्रो हुने खेलाडीलाई १०हजार नगद सहित शिल्ड प्रमाण पत्र , तेस्रो र शान्त्वना हुनेलाई ५हजार नगर सहित प्रमाण पत्र प्रदान गरिने समेत वताइयो । त्यसै गरी खेलमा स्टिक , बक्स, टप लाई ट्रफी र प्रमाण पत्र हाइयेस्ट पोइन्ट बे्रकर बेस्ट प्लेयर ,राइजिङ प्लेयर लगायतलाई पनि पुरस्कृत गरिने पत्रकारहरुलाई जानकारी दियो । पत्रकार सम्मेलनमा अन्य खेलकुदका गतिविधिहरु सञ्चालन गर्न सरकारी स्तरवाट समेत सहयोग हुने गरेपनि स्नोकर खेलका लागि सहयोग नपाई रहेको समेत आयोजकहरुले गुनासो गरेका छन । 

    झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक

    इटहरी – लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले ...

    सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ

    इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरी ...

    विराटनगरमा मुख्यमन्त्री सम्मेलनको तयारी विराटनगरमा मुख्यमन्त्री सम्मेलनको तयारी

    इटहरी। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूक ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]