सुन्दरहरैचा / त्रिभुवन आर्मी क्लबका ब्याडमिन्टन खेलाडी भोजबहादुर गुरुङलाई सुन्दरहरैचा नगरपालिका ४ नं .वडा कार्यालयले सम्मान गरेको छ ।
११ वर्षकै उमेरदेखि ब्याडमिन्टन खेलमा उत्कृष्ट हुँदै आएका गुरुङलाई ४ नं. वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । इटहरी ब्याडमिन्टन क्लब हुँदै बिभिन्न क्लबमा आबद्ध भइ हाल गुरुङ त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्दै आएका छन् । गुरुङले अन्डर १७ राष्ट्रिय खेल २०२१ म प्रथम तथा ११ औ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा सेकेन्ड रनरअप हुनु भएको थियो । ब्याडमिन्टन खेल मार्फत वडाको पहिचान विश्वसामु पुराउन सफल भएको भन्दै वडाले उनलाई प्रोत्साहन स्वरुप सम्मान गरेको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
२१ बर्षिया गुरुङलाई वडाध्यक्ष श्रेष्ठ र वडा सचिव अनिल पोखरेलले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । वडा कार्यालयले यस अघि पनि बिभिन्न खेलमा उत्कृष्ट हुने खेलाडीहरूलाई सम्मान गदै आएको छ ।

त्रिभुवन आर्मी क्लबका ब्याडमिन्टन खेलाडी भोजबहादुर गुरुङलाई सुन्दरहरैचा नगरपालिका ४ नं .वडा कार्यालयले सम्मान गरेको छ ।
११ वर्षकै उमेरदेखि ब्याडमिन्टन खेलमा उत्कृष्ट हुँदै आएका गुरुङलाई ४ नं. वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । इटहरी ब्याडमिन्टन क्लब हुँदै बिभिन्न क्लबमा आबद्ध भइ हाल गुरुङ त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्दै आएका छन् । गुरुङले अन्डर १७ राष्ट्रिय खेल २०२१ म प्रथम तथा ११ औ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा सेकेन्ड रनरअप हुनु भएको थियो । ब्याडमिन्टन खेल मार्फत वडाको पहिचान विश्वसामु पुराउन सफल भएको भन्दै वडाले उनलाई प्रोत्साहन स्वरुप सम्मान गरेको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
२१ बर्षिया गुरुङलाई वडाध्यक्ष श्रेष्ठ र वडा सचिव अनिल पोखरेल, सदस्लेय लैरु पेस्कर, रबिन दाहाल , सुन्दरहरैचा नेपाली कांग्रेस वडा नं ४ का सभापति कैलाश बस्नेत लगायत स्थानीय समाजसेबीले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । वडा कार्यालयले यस अघि पनि बिभिन्न खेलमा उत्कृष्ट हुने खेलाडीहरूलाई सम्मान गदै आएको छ ।