275977416_3227400597489692_3362761345799156679_nसुन्दरहरैँचा नगरपालिका वडा न ४ मा हुन लागेको प्रदेश नं १ स्तरिय तेक्वान्दो प्रतियोगितालाई वडा कार्यलले खेल सामाग्री हस्तान्तरण गरेको छ । चैत्र ११ गते बाट तीनपैनी तेक्वान्दो डोजाङ्गले आयोजना गर्न गइरहेको उक्त खेलमा प्रदेश १ का विभिन्न स्थानबाट खेलाडिहरुको सहभागीता रहेने क्लबले जानकारी दिएको छ ।

कोरोनाको प्रत्यक्ष चापमा परेको खेल क्षेत्रलाई केहि माथि उडाउन र खेलाडिहरुको पहिचानका लागी पनि यो खेल आयोजना गरेको क्लबले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले वडामा रहेका खेलाडिहरुको पहिचान र उनिहरुलाई राष्ट्रिय क्षेत्रसम्म पुर्याउने उदेश्यका साथ खेलकुदमा वडाले सहयोग गर्ने बताउनु भएको छ ।

275962102_3227400600823025_7299144173792282206_n