सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आयोजक सुन्दरहरैँचा नगरपालिका वडा नं ६ रहेको छ भने सह आयोजकका रुपमा सिद्धार्थ समाज युवा क्लब रहेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली वडा नं ६ विजयी भएको छ ।
वडा नं छ स्थित शिद्धार्थ खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा वडा नं ६ ले वडा नं २ माथि २—० अन्तरको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा रहनुभएकी सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको अध्यक्षका रुपमा आयोजक वडाका वडाध्यक्ष जीवनकुमार राई रहनुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि लगायतको आतिथ्यता रहको थियो । नकआउट फर्म्याटका आधारमा खेलाइने प्रतियोगितामा नगरभित्रका १२ वटै वडाको सहभागिता रहेको छ ।
१२ दिनसम्म चल्ने गोल्डकपको विजेताले नगद रु.५०,००० र उपविजेताले रु.३०,००० प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ । फाइनल खेल चैत्र २४ गते हुनेछ।




