लेटाङ । लेटाङ नगरपालिकाले कानेपोखरीमा सम्पन्न अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि जितेको छ । फाइनलमा बेलबारी नगरपालिकालाई  २‍-० ले  पराजित गर्दै  लेटाङले उपाधि कब्जा गरेको हो । लेटाङको जितमा दोस्रो हाफमा अनुप मगर र सागर तिवारीले एकएक गोल गरेका हुन्।

विजेता लेटाङले ट्रफी सहति रु १ लाख तथा उपविजेता बेलबारीले ट्रफी सहित रु ६० हजार प्राप्त गरेका छन् । विधागत उत्कृष्ट तर्फ लेटाङ नगरपालिकाका  राजु मगर उत्कृष्ट डिफेन्डर, सागर विक उत्कृष्ट फरवार्ड, आयुस लिम्बु र अनुप मगर सर्वाधिक गोलकर्ता तथा इन्द्र राई उत्कृष्ट कोच घोषित भए । त्यस्तै बेलबारी नगरपालिकाका सन्तोष दनुवार उत्कृष्ट गोलकिपर, भक्त भण्डारी उत्कृष्ट  मिडफिल्डर चुनिए । बेलबारीकै पारस खत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

चैत १३ गतेबाट २० गते सम्म कानेपोखरी ५ को जदाहा रंगशालामा सञ्चालित प्रतियोगितामा ८ वटा पलिकाहरुको  सहभागिता थियो । खेल कानेपोखरी खेलकुद परिषदको आयोजना, कानेपोखरी गाउँपालकिाको सहयोग तथा नवप्रगतिशील समाज सेवा क्लब र जदाहा भेट्रान्सको व्यवस्थापनमा सम्पन्न भएको हो ।