युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेका छन् । मङ्गलबार नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीसँगको भेटका क्रममा खेलकुदमन्त्री गहतराजले अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबलका लागि प्रस्ताव गरेका हुन् ।
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीले दुई देशबीचको पारस्पारिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासबारे छलफल गरेका थिए ।त्यसक्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन गरेको प्रस्तावमा राजदूत गोवी सहमत भएको खेलकुदमन्त्रीका प्रेस संयोजक सङ्गीन शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनका अनुसार । नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरिएको प्रस्तावमाथि राजदूत गोवीले सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।
मन्त्री गहतराजले अर्जेन्टिनाले नेपालको फुटबललाई धेरै सहयोग गर्न सक्ने भन्दै विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सीलाई नेपाल भ्रमण गराउनको लागि पहल गरिदिन समेत आग्रह गरेका थिए । त्यसक्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन गरेको प्रस्तावमा राजदूत गोवी सहमत भएको खेलकुदमन्त्रीका प्रेस संयोजक सङ्गीन शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनका अनुसार । नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरिएको प्रस्तावमाथि राजदूत गोवीले सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।
मन्त्री गहतराजले अर्जेन्टिनाले नेपालको फुटबललाई धेरै सहयोग गर्न सक्ने भन्दै विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सीलाई नेपाल भ्रमण गराउनको लागि पहल गरिदिन समेत आग्रह गरेका थिए ।


