बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ मा एमालेको लाल किल्ला भएको छ। विजय घोषणा गर्न मात्र बाकी रहेको नेकपा एमाले वडा कमिटीले जनाएको छ । किनकी निवर्तमान वडाध्यक्ष दिपककुमार लिम्बुले उलेखनीय विकासको काम गरेको छ ।

      यश वडामा नेकपा एमालेबाट जननिर्वाचित बनेका दिपक कुमार लिम्बूले पाँच वर्षको कार्यकालमा एक टोलदेखि अर्को टोलमा जोडिने सडक विस्तार गर्नुका साथै धेरै सडक कालो पत्रे बनेका छन् भने शिक्षा,स्वास्थ्य,खेलकुद क्षेत्रमा निकै प्रगति गरेकाले पनि पुन वडाध्यक्ष दिपक कुमार लिम्बूलाई  पार्टीले आगाडी सरेक हो ।  

घरदैलो कार्यक्रमकै समयमा काङ्ग्रेसका सक्रिय तथा लामो समयसम्म रहेर काम गरेका वडा नम्बर ९ राजाबासका भिखन चौधरी,माओवादीका सक्रिय सदस्य मालती लिम्बू र बिरु कविरथले नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टि प्रवेश गर्दै भिखन चौधरीले भने काङ्ग्रेसमा लामो समयसम्म रहेर पार्टिमा काम गरे तर कामको मूल्याङ्कन कहिल्यै भएन हुनेखानेकालागि मात्र काङ्ग्रेस रहेछ त्यसैले मरो स्वेच्छाले नेकपा एमालेमा प्रवेश गरेको हुँ। अब एमालेलाई नै सहयोग गर्ने प्रतिबद्धता समेत गरे। चौधरीले एमालेले  मलाइ अन्तिम क्षण सम्म साथ सहयोग गर्छ भन्ने आशा विश्वास रहेको चौधरीले बताए ।

घरदैलो कार्यक्रममा प्रमुख,उपप्रमुखका उम्मेद्वार,पार्टि नगर अध्यक्ष गजेन्द्र थापा उपाध्यक्ष सीता भण्डारी ,सचिव राजेन्द्र कार्की,हरि पौडेल,युवा संघका पदाधिकारी,अनेरास्ववियुका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
9-680x510