पौडी संघ मोरङले ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको छ । विराटनगरस्थित एमभरेष्ट कलेजको स्वीमिङ्ग पुलमा शनिबार खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको हो ।

पुरुषतर्फ दुई सय मिटिर पौडि प्रतियोगिताको प्रथम आरेक बस्नेत, द्धितीय अब्जन मल्लिक र तृतीय सार्थक श्रेष्ठ घोषित भए । यस्तै पुरुषतर्फ एक सय मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय सुरेश राजवंशी र तृतीय अनुज गुरुङ्ग भए । 

यसैगरि पचास मिटर पौडि प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय कृतिक कार्की र तृतीय शुभाञ्जल प्रसाइ भइन् । यस्तै २५ मिटर पौडि प्रतियोगिताको प्रथम अभियान बुढोथोकी, द्धितीय क्षितीज चौधरी र हितेश राय घोषित भए । 

यसैगरि महिलातर्फ भएको ५० मिटर पौडी प्रतियोगिताको प्रथम  युडेन लामा, द्धितीय सिरिय प्रसाइ र तृतीय दिया सिग्देल घोषित भइन् । प्रतियोगिताको उदयमान खेलाडी जिपशन लामा घोषित भएका छन् । 

प्रतियोगितामा महिला र पुरुष गरि ५० जना पौडी खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक इन्द्र राजभण्डारीले जानकारी दिए । 

विजयी हुने खेलाडीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, पौडीका प्रशिक्षक इन्द्र राजभण्डारीलगायलते पुरस्कार तथा ट्रफि वितरण गरेका थिए ।