सुनसरी l  खेलकुद महासङ्घ सुनसरीको जिल्ला अध्यक्ष पुष्कर कार्की को अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ बर्जु कमिटीको ऐतिहासिक प्रथम सम्मेलनले गोपाल मेहता  लाई अध्यक्ष निर्वाचित गरेको छ । शुक्रबार  बर्जु गाउँपालिकामा भएको कार्यक्रममा मेहताको नेतृत्वमा उपाध्यक्ष 

कमल कामत र पूजा राई,सचिव : नकुल राय, सह सचिव बिरेन्द्र चौधरी र बिसाल चौधरी, सदस्यहरु संदिप सरदार, अर्जुन यादव, राजेन्द्र शाह, अफताब आलम लगायत २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।


308016736_5488943187825745_3415085583741767832_n

नेकपा एमाले केन्द्रिय सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका स्थायी कमिटी सदस्य विप्लव घोष , बर्जु गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष  लगायतको उपस्थिति रहेको थियो ।

         309155092_5455210891262372_6954443797073766477_nप्रमुख अतिथि चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताउदैं चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् । 

305403802_3319508068317265_1334973032737679176_n

नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स्वरोजगारका कुराहरु समेट्ने गरी काम गर्न सुझाउँदै बरु स्वरोजगार हुनेहरुलाई सहयोग गर्ने, सहुलियत कर्जा लिइदिने बताइन् । स्थानीय तहमा उत्पादित सामग्रीको प्रवद्र्धन र ब्राण्डिङ गर्ने सवालमा लघु उद्योग धन्धा गर्नेहरुलाई प्रोत्साहन पनि गर्ने बताइन् । एउटा स्वच्छ र स्वस्थ नागरिकको उत्पादनमा शारिरीक तथा मानसिक विकासको महत्वपूर्ण भूमिका रहेको पनि नेतृ चौधरीले बताइन् ।