इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने

alt

इटहरी । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पौष २८ गतेबाट सुरु हुने भएको छ ।

           नेपाल क्रिकेट संघ काठमाडौंको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा इटहरीका जनता क्रिकेट पार्कमा हुने जनाइएको हो ।

            सात वटै प्रदेशका महिला क्रिकेट टिमको सहभागिता रहने साथै सशस्त्र प्रहरीको एपिएफ क्लवको समेत प्रतियोगितामा सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

               प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा लिग र नकआउटका आधारमा खेल खेलाइने, २०ओभरको खेल हुने र आइसिसी को नियम अनुसार खेल खेलाइने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपीले जानकारी दिए । प्रतियोगिता अवघि भर १८ वटा खेल हुने तथा विजेता ,उप विजेता ,म्यान अफ द सिरिज ,सर्वाेत्कृष्ट ब्याट्स म्यान ,सर्वाेत्कृष्ट बलरलाई पुरस्कार तथा ट्रफि प्रदान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

               पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विप्लव घोष , नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिहंले पनि प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको समेत उपस्थिती रहेको थियो । 

    सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ सुनसरीबाट चार लाख ५० हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ

    इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरी ...

    विराटनगरमा मुख्यमन्त्री सम्मेलनको तयारी विराटनगरमा मुख्यमन्त्री सम्मेलनको तयारी

    इटहरी। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूक ...

    तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

    इटहरी स् ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबा ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]