उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान रनमा छात्रतर्फ नमुना कलेज प्रथम भएका छ।

इटहरीमा आज शुक्रबार बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरेर प्रथम भए । सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए ।धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

hissan 1

ईटहरी नमुना कलेजको प्रशासन प्रमख हरी प्रसाद ढकालले विजेतालाइ प्रोत्साहन सहित धन्यवाद दिएका छन् ।े समय समयमा भइरहने कार्यक्रममा  ईटहरी नमुना कलेजल सहभागि सहित उत्कृष्ट स्थान हासिल गर्दे कलेजको गौरव बढाउने विद्यार्थीलाइ सदैव प्रोत्सहित गर्दे आइरहेको छ । नमुना कलेजका छात्र  सरोज सिंहले कलेज प्रति सदा उत्तरदायित्व रहि आउदो दिनमा हुने कार्यक्रममा सहभागि जनाउने बताए । 

namuna saroj

छात्रातर्फ धरान आदर्शकी आयशा लिम्बु प्रथम भइन । कस्तुरी कलेजकी इशा यादव दोस्रो र हिमशिखर स्कूलकी तनुजा थापामगर तेस्रो भइन । लिम्बुले निर्धारित दुरी २० मिनेट ४० मिनेट, यादवले २० मिनेट ५४ र थापामगरले २१ मिनेट १० सेकेण्डमा पुरा गरेकी थिइन । प्रथम हुने धावक धाविकाले नगद १५ हजार, द्धितीयले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाए ।

बिजेता धावक धाविकाहरुलाई इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेल, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, प्रदेश १ टाफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले पुरस्कार प्रदान गर्नुभयो ।

hissan 2