जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको फुटबल प्रतियोगिता ‘ सोनापुर गोल्ड कप’ को दास्रो संस्करण माघ २१ गतेबाट सुरू हुने भएको छ । मेमोरि युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
दुहवि नगरपालिकामा हुने प्रतियोगितामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । ‘जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम सहभागी हुन पाउछन्,’ क्लबका अध्यक्ष खडग माझिले भने, ‘एक टिमबाट तीन जनाभन्दा बढी विदेशी खेलाडी खेल्न पाउदैनन् ।’

प्रतियोगिता माघ २८ गतेसम्म चल्ने छ । प्रतियोगिता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ०७८ सालबाट सुरू गरिएको यस प्रतियोगिताले खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने र व्यवसायिक खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


