नेकपा एमाले धरानको आठौं नगर अधिवेशन आगामी वैशाख ५ र ६ गतेका लागि प्रचारात्मक अभियानअन्तर्गत शनिबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । एमाले धरान र पार्टीको संचारसम्बद्ध संस्था प्रेस चौतारी नेपालबीच प्रचारात्मक मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । 

खेलमा विजयी टिमका कप्तान तथा चौतारी सुनसरीका उपाध्यक्ष विकास चाम्लिङसहितको टोलीलाई नगर अध्यक्ष हर्कजङ एभेङले ट्रफी हस्तान्तरण गरे । 

338418757_193351490115024_542706959640235145_n

धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित खेलमा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद विजयकुमार राई, प्रतिनिधि सभाका पूर्व सांसद जयकुमार राई, एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान १० का वडाध्यक्ष विवेक राई, एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङ, चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्ले, सुनसरी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलगायत पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटीका नेतृत्वहरु र निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

पार्टी नगर अधिवेशनलाई भव्य बनाउन प्रचारात्मक अभियानलाई तीव्रता दिएको एमाले धरानका प्रचार विभाग प्रमुख तथा अधिवेशनका प्रचार सहसंयोजक योगेश काफ्लेले बताए ।