नेपाल खेलकुद महासंघ इनरुवा नगरकमिटिले २०८०  बैशाख अन्तिम देखि नेकोस इनरुवा खेल सप्ताह गर्न लागेको छ ।

नेपाली खेल क्षेत्रलाई चलायमान बनाउन खेलकुद नागरिकको मौलिक अधिकार, समृद्दिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मुलनाराका साथमा २०६६  सालमा स्थापना भएको नेपाल खेलकुद महासंघले स्थापना काल देखि नै विभिन्न खेल तथा खेलखेलाडी सङ सम्बन्धित कार्यक्रमहरु प्रदेश, जिल्ला, नगरमा गर्दै आएको छ । राज्य तथा सरोकारवाला  निकायमा खेलाडीहरुको हकहितको आवाज उठाउने उदेश्य लिएको संस्था अन्तर्गत   इनरुवा नगर कमिटीले पनि यसै कुरालाई ध्यानमा राख्दै खेल सप्ताह गर्न लागेको हो । 

342171871_953506229165798_6704710937332574151_n

खेल सप्ताह अन्तर्गत नगर स्तरिय कृकेट, फुटबल, भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, चेस र हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । यस्तै महिलाहरुले खेलकुद क्षेत्रमा पनि कमै अवसर पाइरहेको अवस्थामा खेल सप्ताह उद्घाटन समारोहको अवसर पारेर `सुनसरी जिल्ला स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता आयोजना गर्न लागिएको  वुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक नेपाल खेलकुद महासंघ  सचिब विप्लप घोस ले जानकारी दिनुभयो । तेस्तै कार्यक्रमका बारेमा कार्यक्रमका सभापति  इनरुवा नगरकमिटी अध्यक्ष सरोज बस्नेतलले जानकारी दिदै  यस काकार्यक्रमबाट  खेल स्तर बृद्दी हुनका साथै पुरुष खेलाडीका साथै महिलाहरुलाइ पनि खेलकुदमा लाग्ने प्रेरणा मिल्ने कुरामा  अपेक्षित रहेको बताउनु भयो  ।

342344609_766729058405778_8268594762123366682_n

नेपाल खेलकुद महासंघ केन्द्रीय  अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नेपाल खेलकुद महासंघक नव निर्वाचित पदाधिकारिहरु  केन्द्रीय सचिब सन्तोष बान्तावा,  बिप्लव घोष केन्द्रीय सदस्य चेतनाथ पौडेल,    कोशी प्रदेश सभा सदस्य माननीय रामप्रसाद मेहता र  निरा खनाल, लगायत स्थानीय निर्वाचित जनप्रतिनिधिहरु लगायत  खेलकुद क्षेत्रका विशिष्ट ब्यक्ती हरुलाइ  खादा र सम्मान पत्र ले सम्मान गरियो  ।

342205083_760453055578688_8078440810601437630_n 1

कार्यक्रममा  अनुसाशन बिभाग सदस्य नेकपा एमाले केन्द्रिय कमिटीका  पोष्ट कुमार नेपाल, कोशी प्रदेश सचिवालय सदस्य खेमराज पोखरेल, कोशी प्रदेस सदस्य गोपि ढकाल,खेलकुद क्षेत्रका विशिस्ट ब्यक्तीहरुको उपस्तिथी थियो   ।

यस्तै कार्यक्रममा  प्रमुख आतिथि बस्नेतले   नेकोस इनरुवा खेलकुद सप्ताह र  वमेन्स म्याराथन २०८०  को लोगो समेत सार्वजनिक गर्नुभयो  ।

342222662_1300883210773135_4183079631881506330_n