काठमाडौं / गैरआवासीय नेपाली संघ  रसियामा केशब तिमिल्सिनाको नेतृत्वमा कार्यकारिणी  समिती  गठन भएको छ ।

मस्को स्थित नेपाली राजदुतावासको सभाहलमा सम्पन्न साधारणसभामा रुसका लागी नेपाली राजदुत महामहिम मिलन राज तुलाधर, NRNA केन्द्रिय अध्यक्ष डा. बद्रि  केसी, केन्द्रिय सचिव गोविन्द प्रसाद गौतमको उपस्थिती रहेको थियो ।

हिजो भएको साधारणसभा बाट नया कार्यसमितिले केन्द्रिय अध्यक्ष डा. बद्रि केसी द्वारा सपथ लिईसकेपछि आधिकारिक रुपमा नया कार्यसमितिले मान्यता लिएको हो ।

 गैरआवासीय नेपाली संघ रसियाको कार्यकारिणी कमिटी निर्बिरोध निर्बाचित हुँदै आएको ईतिहास छ ।  केन्द्रिय कमिटी सदस्यमा रुसबाट गोविन्द प्रसाद आचार्य  निर्वाचित  भएका हुन् ।  

रुसको २०२३-२०२५ कार्यकारिणी समितिको  अध्यक्षमा केशब तिमिल्सिना, उपाध्यक्षहरुमा गणेश रामदाम, इन्द्र भुसाल र धनन्जय श्रेष्ठ, महासचिवमा सिताराम "मिलन" कटेल,  सचिवमा प्रबिण कुमार खतिवडा, कोषाध्यक्षमा संज्ञान कार्की, सहकोषाध्यक्षमा हिमलाल खनाल “हिमाल”, युवा संयोजकमा गिब्सन ढकाल, महिला संयोजकमा सरस्वती खनाल ज्ञवाली   निर्बाचित भएका हुन् ।

गैरआवासीय नेपाली संघ

त्यस्तै कार्यकारिणी सदस्यहरुमा याम बहादुर थापा, राम बाबु पाण्डे,  डा. प्रनिल प्रधान, अमित कुमार कर्ण र उषा थापा निर्बाचित भएका छन् ।