काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।

उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन् साथमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो भनाई राख्दै बिभिन्न समयमा खेलकुदबाट राष्ट्र चिनाउने काम भएकोले खेलकुद महासंघको नेतृत्वमा खेलाडीलाइ सम्मान जनक जिवन जिउन सक्ने वातावरण बनाउने बताउदैं क्रिकेट टोलीलाइ शुभकामना दिएका छन ।





