सुनसरी / उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा बिहिबार बिहान भएको रत्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।
बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) सहित ७५ जनाले रत्तदान गरेका छन । पछिल्लो समय रगतको अभाव भईरहेका बेला अभाव टार्न थोरै भएपनि सहयोग पुर्याउने लक्ष्यका साथ रत्तदान आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोईरालाले बिभिन्न अस्पतालहरुमा रगतको अभाव भई बिरामीहरुले ज्यान नै गुमाउनु परिरहेको अबस्थामा उवासंघ बेलबारीले यो कार्यक्रम आयोजना गरेर सकरात्मक काम गरेको बताईन् ।
उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि बिभिन्न सामाजिक गतिबिधिमा समेत सक्रिय भएको छ । यसअघि ब्यबसायीहरुको ढक तराजु नापतौल,बस्तुगत समितिहरु सँग अन्तरक्रिया लगायत बिबिध कार्यक्रम सम्पन्न गरिसकेको छ ।


