बुढिगंगामा / मोरङ जिल्लाको बूढिगंगा गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुलाइ चुस्त, प्रभावकारी बनाउन उपेक्षित उष्णदेशीय रोगहरू NTDs सम्बन्धी ३ दिने तालिम दिइएको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराईले बताउनुभयो । तालिम १२ गते आइतबार देखि एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । मंगलबार सम्म चलेको  कार्यक्रममा कार्यक्रम अधिकृत  गीता  कार्की, डा. सुवास कुमार सिं र  प्रितम गुप्ताले सहजिकरण गर्नुभएको थियो ।

IMG_20231031_162716

गाउँपालिकाले फेयर मेड र साहारा नेपालको बिस्वास परियोजनामा संग सहकार्यमा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।कार्यक्रममा गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको छ । गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदारले तालिम पश्चात सहभागी स्वास्थ्यकर्मीहरुले सिकेका ज्ञान र सीपलाई सेवाग्राही समक्ष कार्यकूसलताका साथ ब्यवहारमा लागु गर्ने आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले यस्ता तालिमले परामर्श सम्बन्धी ज्ञान सिप र क्षमताको विकास हुदाँ पालिका बासि आममानिसमा सेवाको पहुच पुर्याउन सहज हुने बताउनुभयो । तालिममा २४ जनाको सहभागिता रहेको छ । गाउँपालिकाको सभाहलमा सञ्चालित समापन कार्यक्रम अमृता कुमारी गच्छदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Screenshot_2023_1031_162926