सुनसरी / धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट संचालन हुने भएको छ ।

प्रतियोगिता नपाको आयोजनामा आजबाट देखि कार्तिक १८ गते सम्म संचालन हुने भएको हो । आजको पहिलो खेल समूह “क” बाट वडा नं ६२९ का बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल समूह "ख" बाट वडा नं ३ र ४ का बीच दिनको ३ बजे हुनेछ ।

प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम खेल कार्तिक १८ गते हुनेछ । श्री जाल्पा देवी मा.वि., पाखीबासको खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र,दोश्रो पुरस्कार नगद रु.५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रो पुरस्कार: नगद रु. २५,०००/-, मेडल र प्रमाणपत्र र चौथो पुरस्कार नगद रु.१५,०००/-, मेडल र प्रमाणपत्र प्रदान पाख्रीबास नगरपालिकाले जनाएको  छ ।पाख्रीबास नगरपालिका धनकुटा