सुरेन्द्र मेहता 

इनरुवा / सुनसरीको देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । 

विहिवार पत्रकार सम्मेलन गर्दै पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । 

कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिने प्रतियोगितामा मिस्टर एण्ड मिसेज देवानगन्जमा ६० भन्दा बढी सहभागीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसमा उत्कृष्ट हुनेले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ५१ सय रुपैया प्राप्त गर्ने छ । त्यस्तै कार्यक्रम अन्तर्गत कार्तिक २१ गते देखि २८ गते सम्म युथ टक सो गरिने गरि कार्तिक ३० गते देखि मंसिर १ गतेसम्म देवानगन्जको इतिहासमा पहिलोपटक फुड फेस्टिवल गर्ने तयारी भएको आयोजक अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालीका संचालक विवेक मेहताले जनाएको छ । 

संचालक मेहताका अनुसार स्थानीय जातजाति , भाषाभाषी ,धर्म सान्सकृतिक ,रहन सहन ,सामाजिकगतिविधिहरुको संरक्षण ,प्रवर्द्धन ,युवाहरुको नेतृत्वविकास अधोगिक विकास र युवाहरुको अवाजका कुराहरुको प्रस्फुटनका लागि फेस्टिवल आयोजना गरेको जनाएको छ । 

त्यसै गरि मंसिर १ गते फाइनल हुने र त्यसमा उत्कृष्ट हुनेहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिने निर्णयक समितिका प्रियन्का मेहताले जानकारी दिए । 

युवाहरूको नेतृत्वकर्ता स्थानीय युवा देवानन्द मेहताले राजनीतिक लाई फोहरी खेलनभइ सबैले जान्ने र बुझने विद्या भएकोले त्यसमा जागरणका लागि फेस्टिवल फलदायी हुने विश्वास व्यक्त गर्नु भयो। फेस्टिवलले सीप र रोजगारलाई समेत योगदान गर्ने देवानगन्ज गाउँपालिका रोजगार शाखा प्रमुख सोनि मेहताले जानकारी दिए ।

युवाहरुको प्रतिभा पहिचान र प्रस्ट्फुटनका लागि फेस्टिवल सार्थक हुने आयोजक समितिका रोसन मेहताले बताए । शिक्षा ,रोजगार तथा अनुशासनका लागि कार्यक्रम उपयोगी हुने शिक्षा शाखाका राजकुमार मेहताले बताए ।