सुन्दरहरैंचा सुन्दरहरैंचा नगरपालिका वडा -९ का अध्यक्ष प्रकाश श्रेष्ठले क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण गरेका छन । धेरै ठाउँमा युवा हरु कुलतमा लाग्ने, झैझगडा गरि हिड्ने गरिएको समाचार सुनिन्छ तर आफ्नो ठाउँमा युवा हरु खेलकुद माध्यमबाट स्वास्थ्य रहन , नेपाली खेलाडी हरुको उच्चमनोबल बनाउने साथै खेलकुदको माध्यमबाट देस बिदेसमा आफ्नो नेपालको नाम उच्च राख्न सहकार्यका लागि युवा हरुले अनुरोध गरेकाले युवा हरुको लागि आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद समाग्री बितरण गरेको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
इन्द्रपुर रंगशालामा बितरण गरिएको खेलकुद सामग्री पाएपछि युवा वडाध्यक्ष ले युवाको भावना बुझेर युवा लक्षित कार्य गरिरहेकोमा खुसी ब्यक्त गरेका छन् ।
साथै अध्यक्ष श्रेष्ठलेT 20 क्रिकेट एसिया क्वालिफार्यस प्रतियोगितामा UAE लाइ सेमिफाइनलमा हराउदै T20 क्रिकेट विश्वकप २०२४ मा छनोट भएकोमा नेपाली टिमलाइ बधाइ साथै फाइनल खेलको लागी शुभकामना ब्यक्त गरेका छन ।



