मोरङ / डाँगीहाट व्याडमिन्टन क्लब बेलबारी ११ लक्ष्मीमार्गको आयोजनामा भएको अन्तर सदस्य व्याडमिन्टन प्रतियोगितामा मेन्स डब्बलतर्फ कमल राई र सबिन गुरुङको जोडी प्रथम भएको छ ।

प्रतियोगितामा  सुबाृस श्रेष्ठ र दिपकचन्द्र नाछिरिङ राईको जोडी दोस्रो र बलबहादुर मगर र नबिन राई यसैगरी बिकास श्रेष्ठ र निरबहादुर लोहनीको जोडी तेस्रो भएको छ । बिजयी खेलाडीहरुले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दशै,तिहार तथा छठपर्वको अबसरमा शुभकामना,चियापान कार्यक्रम सहित आयोजना गरिएको प्रतियोगिता बेलबारी ११ लक्ष्मीमार्गस्थित कभर्डहलमा शुक्रबार र शनिबार सञ्चालन भएको आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष बलबहादुर मगरले जानकारी दिए ।

समापन कार्यक्रम बेलबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष विक्रम बान्तवाको प्रुमुख आतिथ्य, क्लबका अध्यक्ष बलबहादुर मगरको साभापतित्व र सचिब जगतबहादुर बस्नेतको सन्चालनमा सम्पन्न भएको थियो ।1699118417885