संखुवासभा / संखुवासभाको मादी नगरपालिका- ३ स्थित मुलखर्कको  खेल मैदानमा योङ स्पोर्टिङ क्लबले आयोजना 1St Madi Challenge Cup २०८० सप्पन्न भएको छ । 

 पहिलो पटक योङ स्पोर्टिङ क्लबले आयोजना गरेको फुलबल आयोजक योङ स्पोर्टिङ क्लबले विजय भएको थियो ।

२४ गते देखि सञ्चालन भएको खेलको प्रथम पुरस्कार ५५ हजार रहेको थियो भने दितिय द्धितिय पुरस्कार २५ रहेको थियो । आयोजकले नव शिर्जनशिल क्लब बाघालाई  २-० गोल अन्तरले पराजित गर्दै 1St Madi Challenge Cup को उपाधी उचाल्न सफल भएको छ । 

पहिलो हाफमा वसन्त ओझाले थ्रोइङ मार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा ललित गुरुङको क्रस बललाई सदुपयोग गर्दै हेडर मार्फत सजिलै सङ्ग आयोजकका कप्तान दिपेन गुरुङ्गले गोल गरे  ।

1st Madi Challenge Cup २०८० सफल बनाउन हाङथुङ क्लब मुलखर्कले सहयोग गरेको थियो । हाङथुङ क्लब संखुवासभा जिल्ला कै उत्कृष्ट क्लब रहेको आयोजकले जनाएको छ ।