दुहबी / दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू भएको छ ।
लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित दुहबी नगरपालिकादको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ ।
दुहवी नगरपालिकाकाको प्राङगणमा प्रभातभेरि कार्यक्रम सुरू गरि दुहबी बजार परिक्रमा गरेर नगरपालिकामा कोण सभा गरिएको थियोे । प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , दुहबीका १२ वटै वडाका वडा अध्यक्ष, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्यक्ति , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएको थियो ।
दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारको प्रमुख आतथ्यता र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा अध्यतामा कार्यक्रम गरिएको थियोे ।
कोणसभामा बोल्दै दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रा १६ दिन मात्र नभै वर्ष भरीनै रहिरहने बताउनु भयो । महिला हिंसालाई अब जुन नारा लगाउनु भयो त्यो नाराको प्रयोग घरबाट गर्नु पर्ने आवश्यकता रहेको उहाको भनाइ छ । नारा लागएर मात्र भएन प्रयोग नगर्नु नारा लगाएको खोक्रोमात्र हुने मेयर गच्छदारले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाले दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।हामी महिला दिदिबहिनी पनि कर्तव्य नबिर्सन आग्रह गर्नु भयो । नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले महिला हिंसमा सहयोग गर्ने उहाँको भनाइ छ ।
अभियानलाई एक्टिभ नेपाल विराटनगर , जिल्ला उद्यम विकास सहजकर्ता समाज सुनसरी , आसमान नेपाल लगाए संघ संस्थाले समन्वय तथा सहकार्य गरेको हो ।
कार्यक्रमका सहभागीहरू मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा होइन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायतका नारा लेखिएका प्लेकार्डसहित सहभागी भएका थिए ।


