इटहरी /  इटहरी उपमहानगरपालिका वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयकोे ६८ औं वार्षिकत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ ।

 इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीताकुमरी चौधरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो । 

 राष्ट्रिय माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो । 

विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ्तर्फका विपिन बास्तोला र रिया अग्रहरीलाई छात्रवृत्ति प्रदान गरिएको थियोे ।IMG_20231129_155707

बास्तोला र अग्रहरीलाई जनही तीन हजार दुई सयका दरले छात्रवृत्ति प्रदान गरियो । यस्तै, नारायणप्रसाद खनाल र केशवकुमारी खनालद्दारा स्थापना गरिएको स्वर्गीय समीक्षा खनाल स्मृति अक्षयकोषबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने सालकुमारी राईलाई नगद एक हजार ५०५ रुपैयाँ प्रदान गरिएको छ । 

यसैगरी, हरिहर चौधरी र भुन्टीदेवी चौधरीद्दारा स्थापना गरिएको स्वर्गीय प्रमोद चौधरी स्मृति अक्षयकोषबाट २०७९ सालको एसइइ परीक्षामा गरीव तथा जेहेन्दारमध्येबाट प्रतिक राई र आयुषा भण्डारीलाईं प्रदान गरिएको थियोे । दुवैलाई जनही एक हजार १०५ रुपैयँका दरले प्रदान गरियो । 

कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरियो । यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो । जसमा सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङ्लाई नगदसहित सम्मान गरिएको हो ।

 वार्षिकोत्सवमा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरिगको छ । वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय–व्याय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले  प्रस्तुत गर्नुभयो । जसमा आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ प्रस्तुत गरिएको थियो । 

राष्ट्रिय माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म ९८३ जना विद्यार्थी रहेका छन् । यस्तै, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा ६७६ जना विद्यार्थी रहेका छन् । यहाँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्को पनि पठनपाठन हुने गरेको छ । सवै समूहमा गरि कुल एक हजार ७९८ जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा विभिन्न  जनजातिका नाच ,थारू नाच ,सोलो नृत्य, साकेला नृत्य  झागंड नाच ,सोलो नृत्य लिम्बु नाच,सोलो नृत्य,झाँकी नाच लगाए नृत्य प्रस्तुत गरिएको थियोे । सो वार्षिकोत्सब कार्यक्रममा विशिष्ट अतिथिमा इटहरी उपमहानगरपालिका -१ का वडा अध्यक्ष  रतन कार्की कैलाश , इटहरी उपमहानगरपालिका -२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ , राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक , विद्यार्थी ,अभिभावक लगाएतको सहभागीता रहेको थियोे ।