मोरङ / पथरी शनिश्चरे नगर प्याब्सनद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा जुनियर तथा सिनियर रेडस्टार मावि प्रथम भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका- २ को रेडस्टार माविले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति, पथरीशनिश्चरे, मोरङको आयोजनामा नगरप्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
आज शुक्रबार सम्पन्न प्रतियोगितामा एभरेष्ट इङ्लिस स्कुल र मोरङ मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्। पथरी शनिश्चरे नगरपालिकाका युवा,शिक्षा तथा खेलकूद शाखाका अधिकुत नवीन खुलालले लोक नृत्य प्रतियोगिताबाट पुरस्कृत भएका सबै विद्यालयहरूलाई प्रदेश र संघीय स्पर्धामा पनि उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
सो प्रतियोगिता प्याब्सन नगर कार्य समिति, पथरीशनिश्चरेका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर कार्य समिति पथरीशनिश्चरेका प्रमुख सल्लाहकारमा उपेन्द्र कडेंलले स्वागत मन्तव्य राख्नु भएको थियो।
नगरप्याब्सन सचिव सन्तोष बस्नेत र सुजन बास्तोलाले संचालन गर्नुभएको प्रतियोगितामा जिल्ला सदस्य - राजु तिम्सिना, नगरका शिक्षा शाखाका प्रमुख शालिग्राम काफ्ले र अधिकृत नवीन खुलाल बुढाथोकी, ईलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर ( प्रहरी निरीक्षक) शुशिल कुमार पाण्डे, प्रदेश कमिटीका सहसचिव नवोल किशोर खनाल, लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।


