सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब, बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो ।

अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्ता महिला हिंसाका घटनामा कमी आउन नसकेकोले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सहरमा मात्र नभइ यसरी ग्रामिण क्षेत्रमा पनि सञ्चालन हुनुपर्ने सुन्दरहरैंचा वडा नं २ का अध्यक्ष बिबस प्रधानले बताउनुभयो ।

कार्यक्रममा सामाजिक बिकास साखा अधिकृत सान्ता घिमिरे, अनिल पोख्रेल साथै जनप्रतिनिधि हरूको उपस्थित रहेको थियो प्रशिक्षक को रूपमा भने वडा नं १ को कार्यक्रम लाइ सुसिला पाठक र वडा नं २ को कार्यक्रमलाई पार्वती गछदारले सहजिकरण गर्नुभएको थियो ।

सहभागीले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा महिला हिंसाविरुद्धको दिवस सन् १९९७ देखि मनाउने गरिए पनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ लाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका रुपमा मनाउने घोषणा गरेको थियो ।


