मोरङ / बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थीहरुबिचलोक नृत्य छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
बेलबारी नगर प्यावसन द्वारा आयोजित कार्यक्रममा बेलबारी नगरपालिका -९ मा रहेको बालजगत ईङिलस स्कुल र बेलबारी १ मा रहेको आर्दश सेकेण्डरी ईं.स्कुल लोकनृत्य प्रतियोगितामा प्रथम बनेका छन् ।
बालजगत सिनियरतर्फ र आर्दश जुनियरतर्फ प्रथम बनेका हुन । यसैगरी सिनियरतर्फ आर्दश सेकेण्डरी दोस्रो र डाँगीहाट लिटिलबुद्ध तेस्रो भएका छन भने जुनियरतर्फ शिक्षा सन्देश दोस्रो र सनसाईनिङ स्टार तेस्रो भएका छन् ।
बेलबारी ९ स्थित बालजगत ई.स्कुलको प्रांगणमा शुक्रबार आयोजित प्रतियोगितामा बेलबारी नगरका निजि तथा आबासीय बिद्यालयहरुको सहभागिता रहेको र प्रतियोगितामा प्रथम र दोस्रो हुने टिम जिल्लाका लागि छनौट भएको प्याबसन बेलबारीका अध्यष भगवतीप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
कार्यक्रममाको प्रमुख अथिति बेलबारी नगरपालिकाका अध्यक्ष दिल प्रसाद राई ,विशिष्ट अतिथि बेलबारी नगरपालिकाकी नगर उप प्रमुख नितु थापा कोईराला, प्यावसन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल , बेलबारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सालिग्राम बस्नेत ,बेलबारी नगर प्यावसनका प्रतिनिधि , विभिन्न संघ संस्थाका व्यक्ति , शिक्षक , विद्यार्थी लगाएतको सहभागीता रहेको थियोे ।


