सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिनुभयो ।

आइतबार सुन्दर हरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवास को अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सुन्दर हरैंचा बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा जाँच सेवा केन्द्र स्थापना गरिएको वडा अध्यक्ष खवासले बताए । उनले भने, ‘अब आँखामा देखिने सामान्य समस्याको उपचार गाऊमै हुनेछ ।’

सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टिविहीन हुने जोखिम हुने भएकोले पनि सुन्दर हरैंचा नगरपालिकाका नागरिकलाई गाँउमै समयमै आँखाको उपचार सुबिधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको सुन्दर हरैंचा नगरअस्पताल प्रसासन साखा प्रमुख बाबुराम भट्टराईले वताए ।
‘आँखा उपचार केन्द्र स्थापना भएपछि सामान्य समस्या हुँदा पनि उपचारका लागि इटहरी, विराटनगर जानु पर्ने समस्या समाधान हुनेछ’, उपप्रमुख अकलि चौधरीले भनिन, ‘सामान्य उपचारका लागि जाँदा उपचार भन्दा गाडी भाडा र आवात जावतमै बढी खर्च हुने गरेको छ ।’
‘आखाँ सुरक्षित राख्न ‘सुन्दरहरैंचाका बासिन्दाहरुले स्थानीयस्तरमै सहज रुपमा सेवा दिन आँखा उपचार केन्द्र स्थापना गरिएको सुन्दर हरैंचा नगरअस्पताल प्रमुख बिपिन यादबले बताए।
आँखा उपचार केन्द्रको लागि दक्ष जनशक्ति बिराटनगर आँखा अस्पतालले व्यवस्थापन गर्ने जनाइएको छ ।


