सुन्दरहरैंचा / दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्याबद्ता भन्ने मुल नाराका साथ सुन्दरहरैचा नगरपालीकाले ३२ औं अपाङ्ग अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।
आइतबार सुन्दरहरैचाको उधोग वाणिज्य सघको भवनमा एक कार्यक्रम गर्दै, उक्त कार्यक्रमको उद्घाटन सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी गर्नु भएको हो । सुन्दरहरैचामा १२ सय ५८ जना अपाङ्ग व्यक्तिहरु रहेका छ्न । कार्यक्रममा सुन्दरहरैचा भित्र भएका अपाङ्गता भएका व्यक्तिहरु उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । फरक क्षमता भएका व्यक्तिले आफ्ना आफ्ना प्रस्तुति देखाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुले नृत्य, गायन, कविता प्रस्तुत गरिएको थियो ।
सुन्दरहरैचाका नगरप्रमुख केदार प्रसाद गुरागाईंले सामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक कुरुतीका कारण हिनता बोध हुन नदिनु सुन्दरहरौचाको नगरपालीकाको उद्देश्य भएको कुरा समेत जानकारी गराउनु भयो । “अपाङ्ग नभइ फरक क्षमता भएका मानिस हुन् “। अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायीको रुपमा अघि बढाउनु आम अभिभावकको कर्तव्य रहेको कुरा समेत गुरागाईंले जिकिर गर्नु भयो । विभिन्न फरक क्षमता भएका सम्पुर्ण विधामा वडाका आत्मनिर्भर अपाङ्ग व्यक्तिहरुलाई सम्मान समेत गरिएको हो ।


३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ । अपाङ्गता भएका बहुसंख्यक नेपालीहरु अझै पनि गरिबीको रेखामुनि रहेका छन् । सरकारले तथा राजनीतिक दलहरुले उनीहरुलाई न्यायोचित र स्वाभिमानपूर्वक जीवनयापनको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र राजनीतिक अधिकारका लागि विशेष ध्यान सकेको छैन ।


