ग्रामथान गाउँपालीकाले दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट "अपाङ्गताको सवालमा स्थानीय तहको भुमिका" विषयमा गाउँपालीकाले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरी ३२ औं अन्तराष्ट्रिय आपाङ्गता दिवसमा मनाएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिद्वारा आआफ्ना कला प्रस्तुत गर्नु भएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रथम धिरेन्द्र वि.क, दोस्रो बासुदेव चौधरी र तृतीय स्थानमा रिता हुनु भएको थियो ।

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ । अपाङ्गता भएका बहुसंख्यक नेपालीहरु अझै पनि गरिबीको रेखामुनि रहेका छन् । सरकारले तथा राजनीतिक दलहरुले उनीहरुलाई न्यायोचित र स्वाभिमानपूर्वक जीवनयापनको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक र राजनीतिक अधिकारका लागि विशेष ध्यान सकेको छैन ।

४६७ जना अपाङ्ग ग्रामथान गाउँपालीकामा रहेका छ्न। कार्यक्रमको अध्यक्षता ग्रामथान अपाङ्गता समावेसी संस्था का अध्यक्ष कुश कुमार सरदार हुनुहुन्थ्यो भने, प्रमुख अतिथी ग्रामथान गाउँपालका अध्यक्ष जय प्रकाश गच्छदार विशिष्ट अतिथी ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणावती देवि थारु , बिशिष्ट विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भट्टराई ग्राम थान गाउँपालीकाका वडाका वडा अध्यक्ष लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


