इटहरी   उपमहानगरपालिका वड़ा न ९ ले लामखुट्टे नियन्त्रणका लागि  फगिङ मार्फत विषादी छर्न सुरु गरेको छ ।

इटहरीमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन लामखुट्टे नियन्त्रणका लागि  ‘फगिङ मार्फत विषादी छर्न सुरु गरिएको इटहरी वडा नं. ९ का अध्यक्ष  जितेन्द्र थापा ले बताउनुभयो  ।

ईटहरी वडा नं. ९ बासीहरुका लागि सामाजिक संजाल मार्फत विषादी छर्ने  सुचना दिएर   २०८० मङ्सिर १८ र १९ गते  बेलुका ७  बजे अगाडि नै खाना  खाई दिनुहुन अनुरोध गर्दै  हिमाल टोल देखि सुरु गरेर बिजुली अफिस जाने बाटो सम्म हान्ने कार्यक्रम रहेको इटहरी वड़ा न ९ का वडा सदस्य कपिल घिमिरेले जानकारी दिनुभयो ।

फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ  ।अध्यक्ष  थापाका अनुसार मङ्सिर १८ र १९ गते  वडाका २२ ओटै टोल बिकाश संस्थामा फगिङ्ग मेसिनबाट  बेलुका ७  बजेपछि विषादी छर्कनेगरि तालिका बनाइएको बताउनुभयो।

ईटहरीमा  यतिखेर   लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न ईटहरी उपमहानगरपालिका वडा नं. ९ ले वर्षमा दुईपटक विषादी छर्ने गरेको वोड़ा सदस्य संजु प्रधान ले बताउनु भयो । 

यसरि जनताको बिसयमा प्रत्यक्ष असर गर्ने लामखुट्टे बाट सर्ने रोग लगेर उपचार खोज्नु भन्दा रोगनै लाग्न  नदिन वडाले गरेको काम सर्हानिय र जनता प्रति उत्तर्दाइ रहेको बिपी मार्ग टोल बिकाश संस्था का अध्यक्ष गणेश भण्डारीले बताउनु भयो।