बराहक्षेत्र / लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।
विहिवार १३ औं दिनको अवसरमा बराहक्षेत्र नगरपालिकाले प्रताभ फेरि, सडक नाट्क प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरेको छ । उक्त कार्यक्रममा आदर्शमाध्यमिक विधालयबाट अघि बढदै, हटिया बजार हुँदै चतरा बस स्टेशनमा आएर, सडक नाटक सहित कार्यक्रम सम्पन्न गरिएको हो ।

सडकनाटकमा आदर्श माध्यमिक विधालयका विधार्थीहरु, ईलका प्रहरी कार्यलय चक्रघट्टीका दुई प्रहरी जवानले पनि नाट्कमा भाग लिएका थिए । नाट्कमा घरेलु हिंसा, छोराछोरी विचको भेवभावको दृश्य नाटकमा देखाइएको हो । दृश्यमा श्रीमानले श्रीमतीलाई मदकपदार्थ शेवन गरि कुटपिट गरेको, छोरीलाई विधालयमा पढ्न नदिएको, छोरा कुलतमा फसेको, घरबाट पैसा चोरी गरेको लगायतका घटना नाटकमा नाट्यकारहरुले रचनात्मक ढंगले प्रस्तुत गरेका थिए । सो नाटकमा प्रहरी, समुदायलगायत, वडा अध्यक्षको पहलमा पारिवारिक मिलन गराएको सचेततना मुलुक सन्देश नाटकमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको क्रममा विभिन्न सामाजिक व्यक्तित्वहरु द्वारा समाजमा हुने लैङ्गिक हिंसाको बारेमा वोलेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको बराहक्षेत्र नगरउपप्रमुखले छोराछोरीमा हुने, भेदभाव गर्न नहुने, पुरानो संस्कारको पनि सम्झना गर्दै, आफु बुहारीको भुमिका निर्वाह गर्दै गर्दाको अवस्था र अहिलेका बुहारीहरु पहिलेका सासुको जस्तो व्यावहार गर्दै आएको र यसो गर्न नहुने समेत जिकिर गर्नु भयो, त्यस्तै बराहक्षेत्र नगरपालीकामा लैङ्गिक हिंसा भएमा न्यायिक समिति तथा प्रहरीमा जानकारी गराउन निर्देशन दिनु भयो ।
कार्यक्रमा विभिन्न विधालयका लगभग २ सय विधार्थी, विभिन्न सघं सस्थाका प्रतिनिधि, स्काउटका विधार्थी, सामाजिक अभियन्ता, लगायतका व्यक्तित्वको उपस्थिति, रहेको थियो । कार्यक्रमको अध्यक्ष वराहक्षेत्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष किसन मगरको रहेको थियो भने, प्रमुख अतिथि वराहक्षेत्र नगरउपप्रमुख नन्द कुमारी सुनुवार, वडा नं. २ का वडा अध्यक्ष होम प्रसाद गौतम इलाका महेन्द्रनगर प्रहरी कार्यलयका प्रहरी निरिक्षक राम प्रसाद तिमिल्सिना, सशसत्र प्रहरी बल निरिक्षक विग बहादुर गोले, वृहत् वराहक्षेत्र अध्यक्ष भेषराज धिमिरे, विभिन्न विधालयका प्रअ, लगायतका विधार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।


