सुन्दरहरैँचा । रक्तदानका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले मोरङ सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा आगामी मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
सुकुना बहुमुखी क्याम्पसको पुर्व विद्यार्थी समाजले रक्दानको महत्वका विषयमा जनचेतना अभिवृद्धि सहितको रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२मा रहेको सुकुना बहुमुखी क्याम्पस परिसरमा रक्तदानको जनचेतना अभिबृद्धी गर्दै केही हद सम्म विरामीहरुका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पुर्व विद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए । उनले जाडो मौषम रक्तदान कार्यक्रमहरु कम हुने गरेको तर्फ मध्यनजर गर्दै उपचारका लागि मानिसहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भन्नका लागि रक्तदान कार्यक्रम गर्न लागिएको वताएका हुन ।
क्याम्पसमा पाँचदिन अघि मात्र गठन गरिएको पुर्व विधार्थी समाजको पहिलो कार्यक्रम रुपमा रक्तदान कार्यक्रम गर्न लागिएको वताइयो। सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी तथा क्याम्पसको बिकासमा सहयोग पुर्याउने उद्धेश्यले पुर्व विद्यार्थी समाजको स्थापना गरिएको हो ।

