इटहरी / नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सुरु भएको ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि नेपाल खेलकुद महासंघ कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न भएको छ ।
बैठकले मंसिर २८ गते तेर्ह्रथुमको बसन्तपुरमा साथै चिवाभन्ज्याङमा हुने जनसभा कोशी प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । कोशी प्रदेशका कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षता, केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशको केन्द्रीय कमिटी सचिव सन्तोष बान्तवा, बिप्लब घोस, भेषराज कार्की साथै केन्द्रीय सदस्यका साथै प्रदेश कमिटी पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिब भिम लिवाङले गर्नुभएको थियो।
पहिचानबारे छलफल गर्नुपर्ने भए वार्ताबाट गर्न सकिन्छ तर पहिचानको नाममा अराजकता मच्चाउन कसैलाई छुट नभएको प्रमुख अतिथि बस्नेतले बताउनु भयाे । संकल्प यात्रा’ का लागी चार समुहमा युवा दस्ता बनाएको दस्ताको नेतृत्व जिम्मेवारी उदयपुर सुनसरी र मोरङ सन्तोश बान्तवा र भेषराज कार्की, दोस्रो टीममा प्रदेश इन्चार्ज चन्द्र प्रसाइ को नेतृत्व मा झापा र इलाम तेस्रो टीम मणी पोमु बाबा मन्याङबो को नेतृत्वमा ताप्लेजुङ पाचथर घुर्मी र केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत को नेतृत्वमा सचिव बिप्लभ घोस प्रदेश अध्यक्ष राजकुमार थापा सहितको टोली परीचालित भैसकेकाे केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले बताउनु भयाे ।
त्यस्तै कार्यक्रमको औचित्य साथै आगामी कार्यक्रममा कसरि अघि बढ्ने भन्ने विषयमा घनस्याम खतिवडा, भेषराज कार्की, सन्तोसि राइले आफ्नो भनाई राख्नुभएको थियो।


