इटहरी / लैंगिक हिंसा लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा १६ दिने अभियानको  सन्दर्भमा इटहरी वड़ा नम्बर ९  ले जनता माध्यमिक  विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । इटहरी वड़ा ९ का वड़ा अध्यक्ष जितेन्द्र थापा को प्रमुख अध्यक्षतामा  सम्पन्न भयको छ ।  

इटहरी वड़ा नम्बर ९  ले मङ्सिर  २४  गते लैंगिक हिंसा  लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियानमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको हाे  । त्यस क्रममा इलाका प्रहरि कर्यालय इटहरीले भइरहेका देखियका समस्या र कानुनका कुरा हरुका बारेमा बिध्यार्थिलाई जानकारी गराएको  थियो  ।  कार्यक्रम को सहजीकरण वड़ा जनप्रतिनिधि कपिल घिमिरे ले गर्नु भयको थियो भने स्वागत मन्तब्य कार्यपालिका सदस्य राधिका पौडेलले गर्नु भयको थियो।  

403407021_326031286947318_6918787209103600141_n

मूलतः ९ कक्षामा पढ्ने बिद्यार्थीलाइ दुर्व्यसबाट जोगाउने उद्देश्यले लागु औषध दुर्व्यसन मुक्त विद्यालय, लागु औषध दुर्व्यसन मुक्त समुदाय र लागु औषध दुर्व्यसन मुक्त कार्य स्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे वड़ा अध्यक्ष  जितेन्द्र थापा ले चर्चा गर्नु भयो । 

403404115_721920262852699_4233359037433346896_n

जनता माध्यमिक  विद्यालयमा भएको  कार्यक्रम लाई आस्था फाउन्डेसनले सहकार्य गरेको थियो ।  कार्यक्रममा अतिथि जनता माध्यमिक  विद्यालयका प्राधानाध्यापक पशुपति सिग्देल, स.प्राधानाध्यापक राजकुमार ढकाल, आस्था फाउन्डेसनका प्रतिनिधि सुरज जोशी, रंजित राय लगायतको उपस्थिति  रहेको थियो।

403404054_340903725314042_3542565319069080198_n