सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वविद्यार्थी समाजले (रक्तदान जीवनदान) भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६९ पिण्ट रगत सङ्कलन भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


