इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पस परिसरमा म्रंगलबार र बुधबार सरसफारई गरिएको छ ।
क्याम्पस प्रशासन सँग सहकार्य गरि स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरेका हुन् । त्यस क्रममा क्याम्पस परिसर भित्रका पलाष्टिक संगै अन्य फोहोरलाई व्यवस्थापन गरिएको मानवीकिका विधार्थीले वताए ।

क्याम्पस परिसर भित्र धेरै फोहोर देखेपछि मनले नमानेर, सरसफाई गरिएको समेत विधार्थीले वताए । विद्यार्थी द्वारा गरिएको सरसफाइ कार्य प्रती क्याम्पस प्रशासनले प्रसंसा गरेको छ ।

अब तत्काल फोहोर व्यवस्थापनका लागि ४ वटा डस्विन राखिने सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्लेले बताउनुभयो । सबैले हातेमालो गर्दै फोहोर सफा गर्ने हो भने, चाडै नै क्याम्पस परिसर सरसफाइ गर्न सकिन्छ ।


