ताप्लेजुङ / ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर जिल्ला क्लव स्तरीय आमन्त्रित पुरुष भलिवल प्रतियोगिताको उपाधि पाथीभरा टाइगर भलिवल क्लव (PTVC) दमक झापाले हात पारेको छ ।
फाइनल खेलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई ३- १ को सोझो सेटमा हराउँदै PTVC दमक झापाले उपाधी जितेको हो । उपाधि सॅगै विजेताले रू ३ लाख र उपविजेताले रू १ लाख ५१ हजार पुरस्कार प्राप्त गरेका छन ।


