सुनसरी / आठराई गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित जेष्ठ नागरिक दिर्घ राेगी तथा अपाङ्गहरुलाई मासिक घरदैलो स्वास्थ्य परीक्षण तथा नि :शुल्क औषधि उपचार कार्यक्रमको मङ्सिर महिनामा १६९१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।
आठराईका सबै वडाहरुमा एकै साथ् मङ्सिर २४ गते देखि ३० गते सम्म घरदैलो कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य परिक्षण सेवाका लागि सबै वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु टोल टोल तथा घर घरमा गएर स्वास्थ्य परिक्षण गरिएको आठराई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले बताउनु भयो।
जेष्ठ नागरिक,अपाङ्ग तथा दिर्घ रोगीहरुलाई सहजै स्वास्थ्यको पहुँच पुर्याउनका निम्ति मासिक घर दैलो कार्यक्रम शुरु गरिएको र प्रत्येक महिना निरन्तर गरिने आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले जानकारी दिनु भयो। स्वास्थ्य पॉरिक्षण सेवामा चेक जाच, सल्लाह सुझाव स्वास्थ्य केन्द्रबाट प्रदान गरिने औषधिहरु निशुल्क प्रदान तथा इमर्जेन्सी अवस्थाका बिरामी भए अस्पताल सम्मको निशुल्क एम्बुलेन्स सेवा रहेको पाहिमले बताउँनु भयो ।


